प्रधानमन्त्री सोल्टीमोड जाने तयारीमा

प्रधानमन्त्री सोल्टीमोड जाने तयारीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कालिमाटी नजिकैको सोल्टीमोड जान लाग्नुभएको छ । उहाँ होटल हायात प्यालेसमा आयोजना गर्न लागिएको कार्यक्रमलाई सम्बोधन गर्न बालुवाटारबाट निस्कने तयारीमा रहनुभएको बताइएको छ ।

आज होटल हायात प्यालेसमा कान्तिपुर इकोनोमिक्स समिट हुँदैछ । बिहान १० बजे प्रधानमन्त्री दाहालले सम्बोधन गरेपछि कार्यक्रम दिनरभ सञ्चालन हुने बताइएको छ । 

समिटमा अर्थमन्त्री डा. प्रकाशशरण महत, योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, गभर्नर महाप्रसाद अधिकारी, पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्वमन्त्री घनश्याम भुसाललगायतले सम्बोधन गर्नेछन् ।

टिप्पणीहरू