ओलीको निर्वाचन क्षेत्र बहिष्कार अभियान सामाजिक सञ्जालमा सीमित
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गृह जिल्ला झापाका मतदाताहरुले बहिष्कार अभियान थालेका छन् । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा ओली उम्मेदवार समेत बन्न लायक नभएको भन्दै युवाहरुले सामाजिक सञ्जालमा ह्याजट्याग ‘ओलीटिक्स इज ओभर, रिजेक्ट ओली’ अभियान चलाएका हुन् ।
‘हामी झापा–५ का मतदाता, हामीले मत दिएर खड्गप्रसाद ओलीले हाम्रो ठाउँको प्रतिनिधित्व गर्न पुग्दा देशले भोग्नुपरेको दुर्भाग्यपूर्ण अवस्थाक…