ओलीलाई छोए देशभर आगो बाल्ने महेस बस्नेतको चेतावनी
नेपाल एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले शनिबार काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएको छ ।
आज भक्तपुरको गुण्डुस्थित तिथली चोकमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै संघका पूर्वअध्यक्षसमेत रहेका पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतले यस्तो जानकारी गराएका हुन् । उनले बृहत मोटरसाइकल र्यालीसहित आफ्नो शक्ति देखाउने उद्घोष गरे ।
बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कसैले छोएमा देशभर आगो बल्ने चेतावनी समेत दिएका छन् ।
‘भ्रष्टाचार अन्त्य र सुशासनमा हाम्रो सहमत छ, छानविन मबाट शुरु गर्नुहोस्, अनि नेपालको एक नम्बर भ्रष्टाचारी कुलमानबाट थाल्नुस्’, उनले भने, ‘दशैँभन्दा अगाडिदेखि नै मलाई पक्राउ गर्न षड्यन्त्र गरियो, अहिले हाम्रो पार्टी अध्यक्षज्यूलाई पक्राउ गर्न खेल रचिदैँछ, तर हेक्का रहोस् उहाँलाई कसैले छोए देशभरि आगो बल्नेछ ।’
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुका महासचिव दिपक धामीले पनि हिजो अध्यक्ष ओलीलाई पक्राउ गर्नुअघि पार्टीका ८ लाख कार्यकर्तालाई राख्ने जेल बनाउन गृहमन्त्री ओमप्रकाश अर्याललाई चेतावनी दिएका थिए ।
टिप्पणीहरू