राजनीतिक दलहरुलाई आयोगको निम्तो
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दलहरूलाई बोलाएको छ ।
विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत स्थानीय निर्वाचनमा कम्तीमा एक वडा सदस्य जितेका दललाई आसन्न निर्वाचनको तयारीबारे छलफलमा सहभागी हुन आयोगले आज पत्राचार गरेको छ । छलफलको मिति असोज ३० गते तोकिएको आयोगले जनाएको छ।
आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्…