सद्भाव यात्राको तयारीमा रास्वपा

सद्भाव यात्राको तयारीमा रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशव्यापी सद्भाव यात्रा थाल्ने भएको छ। पार्टीको आज अपराह्न ३ बजे बस्ने केन्द्रीय सचिवालय बैठकले यात्रासम्बन्धी कार्यसूची र कार्यक्रमलाई अन्तिम रूप दिने बताइएको छ ।

काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सद्भाव यात्रासँगै विपद् व्यवस्थापनमा पार्टीको सक्रियता, विस्तारित बैठकका एजेन्डा तथा आगामी अभियानका विषयमा समेत छलफल गर्न लागिएको जानकारी दिइएको छ ।

टिप्पणीहरू