एक घण्टा बयान,अनि महेश बस्नेतको पत्रकार सम्मेलन

एक घण्टा बयान,अनि महेश बस्नेतको पत्रकार सम्मेलन

नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रहरीको साइबर ब्युरोमा पुगेर बयान दिएका छन् । 

जिल्ला सरकारी वकिलको कार्यालयले केही दिनअघि बस्नेतविरुद्धको विद्युतीय कसुरसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाउन निर्देशन दिएकोमा ब्युरोले आज उनीसँग बयान लिएको हो । करिब एक घण्टा बयान दिएर बस्नेत भोटाहिटीबाट फर्किसकेको बताइएको छ । 

शोभा पाठकले बस्नेतद्वारा आफ्नो चरित्रहत्या गरिएको भन्दै हुलाकमार्फत् जाहेरी दिएकोमा ब्युरोले तामेलीमा राखेको थियो । तर, पाठकले जिल्ला सरकारी वकिलको कार्यालयमा समेत निवेदन दिएपछि ब्युराेलाई अनुसन्धान अघि बढाउन निर्देशन दिइएको हो । 

एक प्रहरी अधिकृतका अनुसार ब्युरोले केही दिनअघि बस्नेतलाई बयानको लागि उपस्थित हुनेबारे सन्देश पठाएको थियो । सोही बमोजिम उनी आज बिहान ९ बजे नै भोटाहिटी पुगेको बताइएको छ । 

बस्नेतले आजै पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन पनि गर्दैछन् ।
 

टिप्पणीहरू