सरकार अराजकता प्रवर्द्धन गर्ने मतियार बन्यो : शंकर पोखरेल

सरकार अराजकता प्रवर्द्धन गर्ने मतियार बन्यो : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार अराजकतालाई प्रवद्र्धन गर्ने मतियारको रुपमा अघि बढेको आरोप लगाएका छन् ।

पार्टीको भक्तपुर जिल्ला कमिटीले आज गुण्डुमा आयोजना गरेको विशेष भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महासचिव पोखरेलले शान्ति सुरक्षा कायम गर्ने कर्तव्यबाट सरकार च्युत भएको जिकिर गरे । 

जेन-जी प्रदर्शनपछि नेपाली समाज असुरक्षा, भय र आतंकमा बाँच्नुपर्ने बिडम्वनापूर्ण अवस्था बनेको उनको भनाइ छ । ‘आज समाज एक प्रकारले भन्ने हो भने असुरक्षामा, भयमा, आतंकमा बाँच्नुपर्ने जुन स्थिति सृजना गरिएको छ’, शंकरले भने, ‘सरकारमा रहेकाहरु शान्ति सुरक्षा कायम गर्ने कर्तव्यबाट च्युत भएर अराजकतालाई प्रवद्र्धन गर्ने कामको मतियार बनिरहेको देख्दा यो मुलुकलाई कता लैजान खोजिँदैछ भन्ने कुराको गम्भिर प्रश्न खडा भएको कुरा म तपाईंहरुको बीचमा राख्न चाहन्छु ।’

उनले मुलुकलाई विदैशिक चलखेलको क्रिडास्थल बनाउने प्रयास भइरहेको दाबी गरेका छन् ।

टिप्पणीहरू