माओवादी नेता कोरियामा रोकिएकोबारे दूतावासको प्रष्टीकरण
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाइसीएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ माथि भइरहेको अनुसन्धानबारे सिओलस्थित नेपाली दूतावास प्रष्टीकरण दिएको छ ।
अगस्ट १० मा दक्षिण कोरिया गएका दीपशिखालाई त्यहाँका भन्सार अधिकारीहरुले रोकेको विषयमा विभिन्न हल्ला चल्न थालेपछि दूतावासका तर्फबाट प्रष्टीकरण आएको हो । आज विज्ञप्ति जारी गर्दै दूतावासले चिकित्सकको ‘प्रेसकृप्सन’ बिनाको औषधी भेटिएकाले भन्सार अधिकारीहरुले रोकेर अनुसन्धान गरेको जनाएको छ…