सबै प्रदेशमा एमालेको विचार गोष्ठी, च्यासलको कार्यक्रममा झलनाथलगायत नेताहरु आमन्त्रित

सबै प्रदेशमा एमालेको विचार गोष्ठी, च्यासलको कार्यक्रममा झलनाथलगायत नेताहरु आमन्त्रित
सुन्नुहोस्

नेकपा एमालेले आज दिवंगत संविधान सभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठीको आयोजना गर्न लागेको छ । भोलि संविधान दिवस भएकाले आज ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ शीर्षकमा विचार गोष्ठीको आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।

एमाले मुख्यालय, च्यासलमा आयोजना गर्न लागिएको गोष्ठीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ । उक्त गोष्ठीमा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्ती, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आमन्त्रण गरिएको छ । 

पार्टीले दिएको जानकारी अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे, संविधानविद् नीलाम्वर आचार्यले पनि सम्बोधन गर्नेछन् ।

नेम्वाङको गृह जिल्ला इलाममा राखिएको कार्यक्रममा रामबहादुर थापा ‘बादल’ प्रमुख वक्ता छन् । अन्यत्र पनि उपाध्यक्षहरुलाई नै खटाइएको छ ।

टिप्पणीहरू