‘अनुमति लिएर मात्रै इँट्टा बनाउनू’

‘अनुमति लिएर मात्रै इँट्टा बनाउनू’ फाइल फोटो

भक्तपुर नगरपालिकाले अनुमतिबेगर इँट्टा नपार्न र माटो ओसारपसार नगर्न चेतावनी दिएको छ । नगर क्षेत्रभित्र बिनास्वीकृति त्यस्ता कार्य भइरहेको थाहा पाएपछि नगरपालिकाले यस्तो चेतावनी दिएको हो । 

नगरपालिकाले एक सूचना जारी गर्दै स्वीकृति लिएर मात्र इँट्टा पार्ने र माटो ओसारपसार गर्न भनेको छ । नगरपालिकाका अनुसार वडा नम्बर १०, वन्ती, सुकुना फाँटलगायत क्षेत्रमा बिनास्वीकृति माटो झिक्ने, इँट्टा मार्ने, काँचो इँट्टा तथा माटो ओसारपसार गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ । 

‘व्यवसायीहरुले नगरपालिकाको स्वीकृति लिएर मात्र त्यस्ता कार्य गर्नहुन अनुरोध गरिन्छ । अन्यथा, जरिवानासहित रकम असुललगायतका कारबाही हुने व्यहोरासमेत जानकारी गराइन्छ,’ नगरपालिकाले भनेको छ ।

टिप्पणीहरू