कम्युनिष्टपछि कांग्रेसका नेता उत्तरतिर

कम्युनिष्टपछि कांग्रेसका नेता उत्तरतिर
सुन्नुहोस्

कम्युनिष्ट पार्टीका नेताहरुको एकपछि अर्को चिन भ्रमण भैरहँदा नेपाली कांग्रेसका एक नेता पनि त्यतै लागेका छन् । 

कांग्रेस युवा नेता तथा सांसद प्रदीप पौडेल आज दिउँसो चीन प्रस्थान गरेका हुन् । उनी सिचुवान एयरको ३ यू ३९०२ उडानमा दिउँसो पौने १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको बताइएको छ । 

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा केही महिनायता मात्रै दुई ठूला कम्युनिष्ट पार्टीका प्रमुख नेताहरुको लगालग चीन भ्रमण भैसकेको छ । पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वको टोली अघिल्लो महिना चीन पुगेको थियो भने लगत्तै महासचिव देव गुरुङ गएका थिए । 

गतसाता चीन पुगेको एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोली पूर्वसभामुख सुवास नेम्वाङ बितेपछि बिचैमा फर्किएको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको असोज ५ देखि चीनको औपचारिक भ्रमण हुँदैछ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागिता जनाउन हाल अमेरिकामा रहनुभएका उहाँ त्यतैबाट हाङ्गचौ जाने कार्यक्रम छ ।

टिप्पणीहरू