राजनीति

गृहमन्त्री थापाथली चोकमा उभिएर शुभकामना आदानप्रदान गर्दै

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नयाँ वर्षको शुभकामना आदानप्रदानका लागि थापाथाली चोकमा पुग्नुभएको छ । उहाँले सो क्षेत्रको सडक छेउमा खटिएका नेपाल प्रहरी र फुटपाथमा हिँडिरहेका सर्वसाधारणसँग नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान गर्नुभएको बताइएको छ । गृहमन्त्रीसँगै नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर र डिआईजी पोषराज पोखरेल पनि थापाथली पुगेर शुभकामना आदानप्रदान गरेका हुन् ।  टोली बिहान ९ बजेको समयमा त्यहाँ पुगेको हो ।

Page 508 of 950