पूर्वराजदूत शाक्यलाई सांसद बनाउने सरकारको निर्णय

पूर्वराजदूत शाक्यलाई सांसद बनाउने सरकारको निर्णय
सुन्नुहोस्

सरकारले डा‍. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

आज बसेको क्याविनेट बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । ‘राष्ट्रियसभाको रिक्त रहेको पदमा डा. अन्जान शाक्यलाई मनोनयन गर्न सिफारिस गरिएको छ,’ बैठकपछि उहाँले भन्नुभयो ।

यसअघि इजरायलका लागि नेपाली राजदूत रहेकी शाक्य एमाले विदेश विभाग सदस्य हुन् । केपी ओली प्रधानमन्त्री भएका बेला राजदूत भएकी उनी राष्ट्रिय योजना आयोगको सदस्य पनि भएकी थिइन् ।
 

टिप्पणीहरू