गृहमन्त्री थापाथली चोकमा उभिएर शुभकामना आदानप्रदान गर्दै
![गृहमन्त्री थापाथली चोकमा उभिएर शुभकामना आदानप्रदान गर्दै](https://janaaastha.prixacdn.net/media/albums/rabi_4x8ESslB4y.jpg)
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नयाँ वर्षको शुभकामना आदानप्रदानका लागि थापाथाली चोकमा पुग्नुभएको छ ।
उहाँले सो क्षेत्रको सडक छेउमा खटिएका नेपाल प्रहरी र फुटपाथमा हिँडिरहेका सर्वसाधारणसँग नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदान गर्नुभएको बताइएको छ ।
गृहमन्त्रीसँगै नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर र डिआईजी पोषराज पोखरेल पनि थापाथली पुगेर शुभकामना आदानप्रदान गरेका हुन् ।
टोली बिहान ९ बजेको समयमा त्यहाँ पुगेको हो ।
टिप्पणीहरू