अभ्यास खेलमा नेपाल र आयरल्याण्ड भिड्दै

अभ्यास खेलमा नेपाल र आयरल्याण्ड भिड्दै

आईसीसी टी-२० महिला विश्वकप छनोट अन्तर्गत आज हुने अभ्यास खेलमा नेपाल र टेस्ट राष्ट्र आयरल्याण्ड भिड्दैछन् । तल्लो मूलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे शुरू हुनेछ ।

१८ जनवरीदेखि हुने छनोट अगाडि सहभागी १० टोलीले दुई/दुई अभ्यास खेल खेल्नेछन् । आज हुने अन्य खेलमा बंगलादेश र नेदरल्यान्ड्स तथा जिम्बाब्वे र पपुवा न्युगिनी भिड्नेछन् । खेल टियु क्रिकेट मैदान र माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

नेपालले दोस्रो अभ्यास खेल शुक्रबार टियु क्रिकेट मैदानमा अमेरिकासँग खेल्नेछ ।

छनोटको समुह ‘ए’मा बंगलादेश, आयरल्याण्ड, पपुवा न्युगिनी, नामिबिया र अमेरिका रहेका छन् भने समूह ‘बी’मा स्कटल्याण्ड, थाइल्याण्ड, जिम्बाब्वे, नेदरल्यान्ड्स र आयोजक नेपाल रहेका छन् ।

नेपालले १८ जनवरीमा थाइल्याण्डसँग खेल्दै छनोटको शुरूवात गर्नेछ । दोस्रो खेल २२ जनवरीमा नेदरल्यान्ड्स, तेस्रो खेल २४ जनवरीमा जिम्बाब्वे र चौथो खेल २६ जनवरीमा स्कटल्याण्डसँग खेल्नेछ । दुवै समूहको शीर्ष तीन स्थानमा रहने टोली सुपर सिक्समा पुग्नेछन्  । सुपर सिक्समा सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष चार स्थानमा रहने टोलीले जुन-जुलाईमा इंग्ल्याण्ड र वेल्समा हुने टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।

टिप्पणीहरू