यस्तो छ कांग्रेसको चेतावनी
नेपाली कांग्रेसले पार्टी विधान विपरीत व्यक्तिगत रूपमा बोलाइएको विशेष महाधिवेशनमा संलग्न नहुन नेता–कार्यकर्तालाई स्पष्ट चेतावनी दिएको छ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार अपील जारी गर्दै भनेका छन् कि, पार्टी विधान बमोजिम कुनै पनि तहको महाधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र प्राप्त छ। व्यक्तिगत रूपमा बोलाइएको कुनै पनि अधिवेशन अवैध र विधानविपरीत हुने उनले स्पष्ट पारेका छन्।
मुख्य सचिवले सबै पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ संस्था, शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समिति सदस्यहरुलाई विशेष महाधिवेशनको गतिविधिमा संलग्न नहुन अपिल गरेका छन्।
पार्टीको चेतावनी अनुसार, व्यक्तिगत रूपमा बोलाइएको महाधिवेशनमा संलग्न हुने कुनै पनि प्रयासले पार्टी विधान उल्लंघन गर्नेछ र यसलाई गम्भीर रूपमा हेरिने छ।
टिप्पणीहरू