राजावादी प्रदर्शनले सर्वसाधारणलाई सास्ती
राजसंस्था पुनर्स्थापनाको मागसहित भएको राजावादी प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सवारी आवागमन प्रभावित भएको छ । जसका कारण सर्वसाधारणले सास्ती खेपेका छन् ।
हिजोदेखि अनिश्चितकालीन आन्दोलना होमिएका राजावादीहरुले आज पनि सडकमा भिड उतारेपछि नयाँ बानेश्वर, माइतीघर, सुन्धारा, रत्नपार्क क्षेत्र अस्तव्यस्त हुन पुग्यो । जसका कारण प्रहरीले सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको छ ।
मध्याह्न १२ बजेका लागि तोकिएको प्रदर्शन केही ढिला गरी शुरु भएको थियो, जहाँ…