अखिलको पालो बल्ल आयो
एमालेनिकट अखिलको अधिवेशन यही जेठ २५ देखि २८ गतेसम्म काठमाडौँमा १० वटा जनवर्गीय संगठनले अधिवेशन सकाएपछि बल्ल हुने टुंगो लागेको छ । उमेरहदको टुंगो नलाग्दा संगठनका नेता–कार्यकर्तालाई अधिवेशन जति लाग्नुपर्ने हो, त्यति लागेको देखिन्न ।
अखिलका एक पूर्व महासचिव भन्छन्– ‘यतिबेला त्यस्तो अधिवेशन केन्द्रित गतिविधि भटाभट हुनुपर्ने हो तर खासै त्यस्तो देख्दिन, हाम्रो पालामा भए, यो समयमा ब्यापक गतिविधि हुन्थ्यो ।’
उमेरहदको विषयले पदाधिकारी बैठकमा प्रवेश त पायो तर अहिलेसम्म निकास आएको छैन । ‘२४औं महाधिवेशनमा विधान संशोधन गरेर भए पनि उमेरहद लागू हुन्छ’, पार्टी महासचिवनिकट श्रोतले भन्यो, ‘अहिले उमेर हदबारे निर्णय गर्नासाथ ३ सयदेखि ५ सयसम्म नेता–कार्यकर्ता बिदा हुने हुँदा, केही नबोलिएको हो ।’ उमेरहद ३२ लाग्दा र ३० लाग्दा पदाधिकारी को–को बाँकी रहलान् ?
३२ कायम हुँदा
अञ्जना शिवाकोटी, दीपक धामी, आरती भट्टराई, प्रकाश पौडेल र सुजन कडरिया ।
३० कायम हुँदा
अञ्जना शिवाकोटी र आरती भट्टराई !
कसको उम्मेदवार को ?
उपाध्यक्ष धर्म गिरी, गोविन्द गिरी र नारायण घर्ती दीपक धामीतिर खुलेका छन् । महासचिव नरेश रोकाय डा. सुजन कडरियातिर देखिन्छन् । उता, समिक बडालको सफ्टकर्नर प्रकाश पौडेलतिर सोझिएजस्तो लाग्छ । मनोज ताम्ली र सञ्जीव धितालले तुरुन्तै प्रतिक्रिया जनाएका थिए । प्रकाश पौडेल सञ्चारमन्त्री पिएस गुरुङ निकट हुन् । धिताल कर्णाली प्रदेशको १० जिल्लामा १०–१२ वर्षदेखि हुन नसकेको अधिवेशन गराएका थिए् । कर्णाली इञ्चार्जमा कोही जान नमान्दासमेत उनी दुर्गममा भिडेका सिन्धुपाल्चोके कमरेड हुन् ।
पदाधिकारीमा सम्पर्क विभाग प्रमुख राजकुमार ढकाल, त्रिविका सिद्धान्त भट्ट, युवा इञ्जिनियर सुभाष सुवेदी, प्रशान्त भण्डारी, ल क्याम्पस स्ववियु अध्यक्ष समिर रिजाल, अस्कल स्ववियु अध्यक्ष रुद्रहरि पोखरेल, पिएनका स्ववियु अध्यक्ष विष्णु पोखरेल, नेपाल कमर्श क्याम्पसका स्ववियु अध्यक्ष विशाल रोकाहा, आरआरका जन्मराज उपाध्याय र मदन भण्डारी, पाटनका नितिन पाण्डे, महिला नेत्री त्रिवि स्ववियु कोषाध्यक्ष सञ्चमाया सुब्बा, त्रिवि स्ववियु सदस्य कल्पना खतिवडा, शंकरदेवका मुना तिवारी, चक्रवर्ती ल क्याम्पसका बिहानी पंगेनी, नेपाल कमर्श क्याम्पसकी स्ववियु उपाध्यक्ष पुष्पा मगर, कोटेश्वर क्याम्पसकी शर्मिला भण्डारी आदि इच्छुक देखिएको अखिल स्रोतले जानकारी दियो ।
टिप्पणीहरू