रञ्जिताका जिल्ला अध्यक्ष माओवादीमा मिसिए

रञ्जिताका जिल्ला अध्यक्ष माओवादीमा मिसिए

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुरका अध्यक्ष नन्दकुमार राना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

रञ्जिता श्रेष्ठ नेतृत्वको नाउपाले आफ्नो एजेण्डा बिर्सिएको भन्दै उक्त पार्टी छोडेका उनी आज माओवादीमा मिसिएका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा रानालाई खादा लगाएर पार्टीमा स्वागत गरे ।

रानाले आज बिहान नाउपाको जिम्मेवारीबाट राजीनामा दिएका थिए । ०७९ को निर्वाचनमा कञ्चनपुर-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका उनले अध्यक्ष रञ्जितालाई सम्बोधन गर्दै लेखेका थिए, ‘पार्टीका पछिल्ला गतिविधि हेर्दा नैतिकता, राजनीतिक इमान्दारिता र संस्कारका कारण जिम्मेवारीमा बसिराख्न उचित नहुने ठानेर पार्टी परित्याग गर्ने निर्णयमा पुगेको जानकारी गराउँछु ।’

विकास र परिवर्तनको मूलधार माओवादी नै रहेको दाबी गर्दै अब उक्त पार्टीको अभियानमा जोडिएर सक्रिय हुने रानाले प्रतिवद्धता जनाएका छन् ।

टिप्पणीहरू