रास्वपाका अर्का नेताले गरे पार्टी परित्याग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँका सभापति प्रदिप विष्टले पार्टी छोडेका छन् । उनले बागमती प्रदेश समितिलाई लिखित राजीनामा बुझाएका हुन् ।
राजीनामा दिनुअघि विष्टले जिल्ला कार्य समितिको बैठक बोलाएर जानकारीसमेत गराएको बुझिएको छ । ०७९ को प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ- १० बाट उम्मेदवार बनेका उनले ८ हजार ७३९ मत ल्याएका थिए ।
पछिल्लो समय नेतृत्वपंक्तिको कार्यशैलीप्रति असन्तुष्ट रहेका उनले आगामी राजनीतिबारे भने केही खुलाएका छैनन् । उनको राजीनामा प्रद…