भित्र एमाले,बाहिर प्रहरी

भित्र एमाले,बाहिर प्रहरी

एमालेले राजधानीमा जनप्रदर्शन र जनसभा गर्न लागेको छ । भदौ २३ को जेन्जी प्रदर्शन र भोलिपल्टको विध्वंशपछि एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज केन्द्रीय तहका नेताहरु सहभागी हुने बृहत कार्यक्रम आयोजना गरिएको छ । 

एमालेले ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ भने पनि राजधानीका सडकमा तीन हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । राजधानीका विभिन्न भागमा जन प्रदर्शनपछि भृकुटी मण्डपमा जनसभा गरिँदैछ ।

एमालेको एउटा समूह बिहानैदेखि भृकुटीमण्डपमा मञ्चको तयारीमा जुटेको थियो । ११ बजे प्रदर्शन र १ बजे हुने जनसभाको सबै तयारी पूरा भएको जनाइएको छ ।

टिप्पणीहरू