प्रचण्ड अवसरवादी भएको जनार्दनको आरोप

प्रचण्ड अवसरवादी भएको जनार्दनको आरोप

तत्कालीन माओवादी केन्द्रबाट अलग्गिएका जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानको पहिलो राष्ट्रिय भेला सम्पन्न भएको छ । त्रिपुरेश्वरमा आयोजित भेलामा संयोजक शर्मासहित राम कार्की, सुदन किराँतीलगायतको उपस्थिति रहेको जानकारी दिइएको छ ।

शर्मा नेतृत्वको अभियान भोलि नेसपा नयाँ शक्ति र रास्वपाबाट अलग्गिएका सन्तोष  परियारबीच एकता हुने तयारी छ । भेलामा शर्मा नेतृत्वले पार्टी एकताको तयारीबारे जानकारी गराएको छ । 

उनीहरूले प्रचण्डको अवसरवादी चरित्रका कारण माओवादी पार्टी विघटन भएको आरोप लगाएका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शर्मा, परियार र विभिन्न पार्टीबाट अलग भएका नेताहरूलाई एक ठाउँमा ल्याउन मेहनत गरेको देखिन्छ ।

टिप्पणीहरू