देशभर बाढीको जोखिम, कोशी ब्यारेजका सबै ढोका खोलियो
सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ४६ वटा ढोका खोलिएको छ ।
केहीबेर अघिको मापनमा ब्यारेजमा ३ लाख ४२ हजार क्युसेक पानी मापन गरिएको र ४६ वटा ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । सप्तकोशी जलमापन केन्द्रमा जलसतह खतराको संकेत पार गरेका कारण नदी आसपासका बासिन्दालाई शतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
पानी परिरहेकाले नदीको बहाव अझै बढ्ने क्रममा रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । नदी आसपासक…