धमलाकी पत्नीको पार्टी पार्टीमा हमला

धमलाकी पत्नीको पार्टी पार्टीमा हमला

पत्रकार ऋषि धमला-पत्नी एलिजा गौतमको राजनीतिक छलाङ देखेर धेरै जना चकित परेका छन् । धेरैजसो समय क्यानाडामा आमा बुबासँग बस्ने उनी छोटो समयमै राजनीतिका अनेक ढोका चाहार्दै चुनावको मुखमा प्रभु साहको पार्टीमा पुगेर समानुपातिक सूचीमा अटाएकी छन् । 
 
विदेशमा जीवनको सार्थकता देख्ने तर मौका मिल्दा नेपालको राजनीतिमा पनि ठाउँ खोज्ने प्रवृत्तिको उदाहरण पनि हुन् एलिजा । गैरआवासीय नेपालीहरूको संगठन एनआरएनएको विश्व सम्मेलन हुँदा प्रतिनिधि बन्न दौडिने उनी देशभित्रको राजनीतिक गतिविधिमा पनि दौडधुप गरिरहेकी हुन्छिन् । पछिल्लो एक वर्षमा थुप्रै पार्टी चाहारिसकेकी उनी फिल्मी कलाकारजस्तै राजनीतिक कलाकार बनेकी छन् ।

विदेशमा जीवनको सार्थकता देख्ने तर मौका मिल्दा नेपालको राजनीतिमा पनि ठाउँ खोज्ने प्रवृत्तिको उदाहरण पनि हुन् एलिजा ।  

गत वर्षमात्रै थारु अधिकारका निम्ति लड्ने घोषणा गर्दै नागरिक उन्मुक्ति पार्टीमा समावेश भएकी थिइन् । रेशम चौधरीलाई मन,वचन र कर्मले सहयोग गर्ने पनि भनिन् । तर,जब रेशम पत्नी रञ्जिता श्रेष्ठबाट एक्लिने स्थितिमा पुगे एलिजाले पनि साथ छोडिन् । 

त्यसअघि केपी ओलीलाई बा भन्दै बालकोट पुगेर एमाले बनेकी एलिजा धरानतिर ढुंगा बोक्न पनि पुगेकी थिइन् । तर,हर्क साम्पाङले पार्टी खोलेपछि भने त्यता नलागेकी उनले आफ्नै अगुवाइमा छुट्टै नयाँ पार्टी खोलिन् । पार्टी खोल्नुअघि बाआमासँग बस्न क्यानाडा गएकी थिइन् । 

वरिष्ठ अधिवक्ता रमणकुमार कर्णलाई अध्यक्ष बनाएर गठित एलिजाको जनादेश पार्टी भने अहिले अस्तित्वमा छ । सो पार्टीमा ऋषि धमला हर्ताकर्ता छन् । प्राइम टेलिभिजनमा अन्तर्वार्ता दिन पाइन्छ भन्ने लोभमा केही जेनजी युवायुवती पनि सो पार्टीमा समाहित भएको बुझिन्छ ।

जेमा पनि बोल्ने,आदेश दिन खोज्ने बानी थियो । उनको घमण्डले हामी आजित भएका थियौं ।  नियत खराब थिएन तर बढी बोल्ने बानी चैं कमजोरी रह्यो ।’ 

एलिजा भने आफैँ पार्टीबाट आउट भएको बताइन्छ । एक पदाधिकारीले भने, ‘हामी टेन्सनमुक्त भएका छौं । उनी जेमा पनि बोल्ने,आदेश दिन खोज्ने बानी थियो । उनको घमण्डले हामी आजित भएका थियौं ।  नियत खराब थिएन तर बढी बोल्ने बानी चैं कमजोरी रह्यो ।’

उनै पदाधिकारीका अनुसार एलिजा आफूहरूकै सल्लाहमा अन्त गएकी हुन् । जनादेश पार्टीबाट निस्किएपछि उनी मधेशका नेता एवं पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीमा पुगेकी छन् । सो पार्टीमा उनलाई उपाध्यक्ष बनाइएको छ भने समानुपातिकको सूचीमा खस-आर्य महिला क्लस्टरतर्फ पहिलो नम्बरमा नाम पारिएको छ । एलिजाको पहिले र अहिलेको दुवै पार्टीले मोबाइल चिन्हमा मिलेर चुनाव लड्दै छन् । 

समानुपातिक सांसदको लालच राखेकी उनी त्यहाँ पनि ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर ...’ भनेझैं हुने हो कि या सपना साकार हुने हो ? त्यो चाहिँ   हेर्न बाँकी छ । 

टिप्पणीहरू