मागेको विवरण पठाउन सहकारी संस्थालाई निर्देशन
झापाको दमक नगरपालिकाले बचतकर्ताको निक्षेप रकम र कर्जा प्रवाहसम्बन्धी विवरण पठाउन सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ ।
नगरपालिकाले नगर क्षेत्रमा संचालित सहकारी संस्थालाई साउन २५ भित्र विवरण पठाउन भनेको हो । यसअघि विवरण उपलब्ध गराउन अनुरोध गरिएकोमा अटेरी भएको भन्दै नगरपालिकाले अब पनि त्यस्तै गरे सहकारी ऐन, २०७४ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
सहकारीका सदस्यको कूल संख्या, बचतकर्ताको संख्या, बचत रकम, ऋणी सदस्य संख्या, संस्थाबाट प्रवाह भएको ऋण लगान…