समाचार

आजपनि राजधानी र वरपरका भूभाग जलमग्न

आज बिहानको वर्षापछि राजधानीका धेरैजसो स्थान जलमग्न भएका छन् । उपत्यकाका अधिकांश नदी र खोलामा बाढी आएको छ ।  बालाजु बनस्थली नजिकैको ढुंगेधारामा खोलो छोपेर बनाइएको बाटोले नदीको रुप देखाएको छ । सोही क्षेत्रको चक्रपथ वरपर पनि नाली बनाइएको स्थानमा पानीले सानोतिनो खोल्सीको झझल्को दिएको छ ।  उता काभ्रेको बनेपामा पनि डुबान भएको छ । आज दिनभर मुलुकका अधिकांश भूभागमा लगातार ठूलो वर्षा हुने अनुमान जल तथा मौसमविज्ञान विभागले गरेको छ ।  

Page 816 of 2016