यताबाट क्याप लगाएर पठाइएकी युवतीकाे मौरिससमा किनबेच
ग्रीन कार्डको प्रलोभन देखाउँदै मौरिससमा नेपाली युवती बेचेको रहस्य खुलेको छ । झापाको कमल गाउँपालिका–१, बस्ने ५४ वर्षीय बुद्धिराज न्यौपाने पक्राउ परेपछि उक्त तथ्य बाहिरिएको छ ।
उनले आर्थिक अवस्था कमजोर भएकी एक युवतीलाई मौरिससमा मासिक ७० हजार रुपैयाँ कमाई हुने कुकको काम लगाइदिने बताएका थिए । केही समयपछि ग्रीन कार्डसमेत पाइने आश्वासन देखाउँदै युवती बेचबिखन गरेको यथार्थ अहिले खुलेको हो ।
न्यौपानेले पीडितसँग लागत खर्च भन्दै साढे दुई लाख रुपैयाँ लिएका थि…