नदी किनारमा घर बनाउँदा काठमाडौँमा नयाँ नियम
काठमाडौँका नदी आसपास क्षेत्रमा भवन निर्माण गर्दा ४० मिटर क्षेत्रफल छाड्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले आज सार्वजनिक सूचना निकालेर महानगर क्षेत्रभित्रका नदीको बायाँदायाँ ४० मिटर क्षेत्रफल नछोडी भवन निर्माण गर्न अनुमति नदिने स्पष्ट पारेको हो ।
यसअघि उपत्यकाभित्र नदी किनारदेखि २० मिटरसम्मको दूरीमा भवन निर्माण गर्न पाइने व्यवस्था थियो । तर, सर्वोच्च अदालतको पछिल्लो फैसलामा थप २० मिटर बढाउन भनिएको छ । सोहीअनुरुप महानगरपालिकाले नदी आसपासका क्षेत्रमा भवन निर्माण गर्…