माधव नेपालले सुनाउनुभयो प्रचण्डसँगको रोचक किस्सा
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रियाको सुरुवाती चरणमा खेप्नुपरेका अप्ठेराबारे लामो चर्चा गर्नुभएको छ । प्रतिनिधि सभामा आज पेश भएको संक्रमणकालीन न्यायसम्बधी विधेयकमाथि धारणा राख्ने क्रममा उहाँले युद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन आफूले खेलेको भूमिका र गर्नुपरेको संघर्षको शृंखलाबद्ध चर्चा गर्नुभयो । त्यसक्रममा अध्यक्ष नेपालले तत्कालीन विद्रोही नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगका भेटघाटको स्मरण पनि गर्नुभएको छ ।
माओवाद…