रविविरुद्ध तीन कसुरमा मुद्दा दर्ता, साढे एक अर्ब बिगो
सहकारी ठगी प्रकरणका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले तीनवटा कसुरमा आज जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रवन्ध निर्देशक लामिछाने र उपाध्यक्ष पूर्वडिआइजी छविलाल जोशीसहित ४४ जनालाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग लगाइएको छ । अन्य …