सुत्केरी बिदा नदिएको गुनासोपछि स्वास्थ्य मन्त्रालयको निर्देशन
सुत्केरी हुने वा भएका महिला कर्मचारीलाई नियमानुसार प्रसूतीको अघि वा पछि सुत्केरी बिदा उपलब्ध नगराएको गुनासोपछि स्वास्थ्य मन्त्रालयले लिखित निर्देशन दिएको छ । कतिपय सरकारी र धेरैजसो निजी तथा गैरसरकारी संस्थामा काम गर्ने महिला कर्मचारीलाई कानुनमा व्यवस्था भएबमोजिम तलबसहितको ९८ दिन सुत्केरी बिदा दिन मन्त्रालयले निर्देशन दिएको हो।
‘सरकारी, निजी तथा गैरसरकारी संघ÷ संस्थामा कार्यरत महिलाहरूलाई नियमानुसार पाउनुपर्ने प्रसूति बिदा नदिएको गुनासो आउने गरेको …