भूकम्प दिवसको मूल समारोह कीर्तिपुरमा
२७औं भूकम्प दिवसको मूल समारोह कीर्तिपुर नगरपालिकामा आयोजना गरिने भएको छ ।
हरेक वर्षको माघ २ गते मनाइने दिवसको मूल समारोह यसवर्ष कीर्तिपुर नगरपालिकामा गर्ने तय भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको हो । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा आज बसेको मूल समारोह समितिको बैठकले कार्यक्रमको लागि नारा तय गरेको छ ।
‘भूकम्पले सिकाएको पाठः बलियो संरचना र सुदृढ पूर्वतयारीको साथ’ मूल नारा रहेको प्राधिकरणको भनाइ छ ।&nb…