बाघलाई थापेको पासो आफैंलाई गलपासो
वन्यजन्तुको चोरीशिकारीमा संलग्न रहेको अभियोगमा गत कार्तिकमा पक्राउ परेका एक युवकमाथि चितवन जिल्ला अदालतमा मुद्दा चलाइँदैछ । विशेष सुराकीको आधारमा पूर्वीनवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपानेलाई नयाँ गोरख गण तमासपुर पोष्टका नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जको तमासपुर रेञ्जपोष्टका कर्मचारीहरुको संयुक्त टोलीले कार्तिक २९ गते पक्राउ गरेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेण…