प्रतिनिधि सभाको बैठक आइतबारसम्म स्थगित
प्रतिनिधि सभाको बैठक आगामी आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । आज बिहान ११ बजे बोलाइएको बैठक दिउँसो सवा १ बजे बस्ने जनाइएको थियो ।
सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गरे पनि सहमति नजुटेपछि बैठक नबसी स्थगित गरिएको हो । अस्तिदेखि अवरुद्ध बैठक आज पनि सूचना टाँसेर पर्सिसम्म स्थगित गरिएको छ ।
सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिंगलाई बर्खास्त गरेपछि माओवादीलगायत विपक्षी दलहरुले संसद बैठक अवर…