सामाजिक सञ्जाल दर्ता गर्न ३० दिनको समय
सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई सञ्चालनमा रोक लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मुलुकभित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्ता हुन एक महिनाको समय दिँदै सो अवधिभित्र सूचीकरण नभएमा सञ्चालनमा रोक लगाउने जनाएको हो ।
सूचीकरणसहित नेपालभित्र सम्पर्कबिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न मन्त्रालयको निर्देशन छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउन सूचीकर…