पूर्वराजामाथि शीर्ष नेताको आक्रमक टिप्पणी र पक्राउको चर्चा
आरोप-प्रत्यारोपमा व्यस्त रहँदै आएका सत्तापक्ष र विपक्षी दलका नेताहरु एक महिनायता केही शान्त देखिएका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको सन्देश र २५ गते उनको स्वागतको लागि एयरपोर्टमा जम्मा भएको भीडले 'गणतन्त्रको रक्षा' का लागि सत्ता र प्रतिपक्षलाई एकै ठाउँमा उभिन बाध्य पारेको हो ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले, सत्ता साझेदार नेपाली कांग्रेससँगै प्रमुख प्रतिपक्ष माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत गणतन्त्र पक्षधर…