महासंघको स्थापना दिवसमा ‘कालो ब्यानर’मा पत्रकारहरु
औंसीको रात कालो हुन्छ । आज दिनमै पनि पत्रकारहरुले कालो ब्यानर बोकेर हिँड्नुपर्यो । नेपाल पत्रकार महासंघको स्थापना दिवसको पूर्वनिर्धारित कार्यक्रम स्थगन गरेर पत्रकारहरु विरोधमा उत्रिनुपरेको हो ।
हिजो काठमाडौंमा राजावादी आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा एकजना पत्रकार जिँउदै जलेर मारिए । उक्त पत्रकार ‘हत्या’ र सञ्चारगृह तथा सञ्चारकर्मीमाथिको हमलाविरुद्ध एक आन्दोलनको रुपमा महासंघले आज देशव्यापी रुपमा शोकसभा तथा विरोध कार्यक्रम आयोजना गरेको हो ।&n…