सिनेमाको पछाडि बालेनकी श्रीमती
काठमाडौंका मेयर बालेन साहको कोर टिम चलचित्र निर्माणमा होमिएको छ । यसअघि सानो पर्दाको सिरियल ‘सक्कीगोनी’ का पाँडे भनी चिनिने अर्जुन घिमिरेको निर्देशनमा ‘झरीपछिको इन्द्रेणी’ बन्न लागेको हो । सुटिङ्ग सकिएर अहिले धमाधम एडिटिङ्गको काम भइरहेको जनाइएको छ । यसमा बालेनपत्नी सविना काफ्लेका अलावा भिक्टरपत्नीको समेत लगानी रहेको बताइएको छ तर पाँडे यो कुरा स्वीकार गर्दैनन् ।
पाँडेलाई महानगरपालिकाको फोहोर मैला फाँट हेर्ने जिम्मेवारी दिइएको छ । स्थायी ठेग…