प्रज्ञाले कसरी छाड्न सक्नु र सिनेमाको पर्दा

प्रज्ञाले कसरी छाड्न सक्नु र सिनेमाको पर्दा

सिनेमा क्षेत्रमा नौलो विषय रहेन मुर्गा हन्टिङ ! यसरी मुर्गा खेलाउँदै पैसा सापटी वा ऋण लिएर धेरैलाई मूर्ख बनाउने धन्दा चलाउँदै आएका धेरै निर्माता प्रहरीको खोरमा पुगेर फर्किएका छन् । यस्तो धन्दामा केहीअघि प्रज्ञा जोशीसमेत परिन् । लामो समयदेखि ढुकुटीमा सक्रिय जोशी जग्गा कारोबार गर्दा चेक बाउन्स भएपछि समातिएकी थिइन् । 

चार वर्षअघि जग्गा मिलाइदिने भन्दै ५० लाख ठगी गरेको आरोप लागेकी जोशी अदालतले तोकेको ४० लाख धरौटी बुझाउन नसकेपछि जेल पुगिन् । उनलाई प्रहरीले इटहरीबाट पक्राउ गरेको थियो । सुवर्णकुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिएपछि पक्राउ परेर अदालतले तोकेको धरौटी बुझाउन नसक्दा फन्दामा परेकी प्रज्ञा फेरि टेलिश्रृंखला निर्माणमा जुटेकी छन् ।

न बिर्सें तिमीलाई, न पाएँ तिमीलाई’, ‘नोटबुक’, ‘सम्झना’, ‘सपुत’ लगायत आधा दर्जन बढी फिल्म निर्माण गरिसकेकी प्रज्ञा फिल्मबाट टेलिफिल्ममा ओर्लिएकी हुन् । १७ वर्षपछि टेलिसिरियल सिन्दूर  । गत शुक्रबार राजधानीको भद्रकाली मन्दिरमा शुभ मुहूर्त गर्दै निर्माणको घोषणा गरेकी छिन् ।

विनयराज पौडेलको लेखन तथा निर्देशन रहने सिरियलमा नविन श्रेष्ठ, प्रज्ञा जोशी, लक्ष्मी भुसाल, प्रदीपराज गिरी, अश्मी थापा, दीपेन्द्र सोनाम, स्नेहा पौडेल, पूर्णिमा जीएम, टेकेन्द्र न्यौपाने, पवन केसीलगायतको अभिनय रहने बताइएको छ । 
 

टिप्पणीहरू