अपराध

ब्राउनसुगर बोकेर हिँडेका इलामका सुरेश बिर्तामोडमा समातिए

झापाको बिर्तामोड नगरपालिकामा लागूऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।  इलामको चुलाचुली गाउँपालिका ४ का २७ वर्षीय सुरेश लिम्बू १६ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगरसहित गएराति समातिएका हुन् ।  प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले उनलाई बिर्तामोड नगरपालिका ३, पुण्डरी चोकबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Page 173 of 263