२० वर्षे सोनुको साथमा १२६ ग्राम गाँजा

२० वर्षे सोनुको साथमा १२६ ग्राम गाँजा

प्रहरीले मोरङको उर्लाबारीबाट गाँजासहित एक युवकलाई पक्राउ गरेकोे छ । उर्लाबारी ६ का २० वर्षीय सोनु भुजेललाई १२६ ग्राम गाँजासहित इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेकोे बताइएको छ ।

आफ्नै घरबाट गाँजाको कारोबार गरेको गोप्य सूचनाको आधारमा प्रहरीले खानतलासी गर्ने क्रममा उनको साथबाट गाँजा बरामद गरेकोे हो । पक्राउ परेका भुजेललाई लागुऔषध कारोबार कसूरमा जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू