सूर्ति गोदाममा सशस्त्रको छापा

सूर्ति गोदाममा सशस्त्रको छापा

सर्लाहीमा भण्डारण गरिएको अवैध सूर्ति सशस्त्र प्रहरी बलले कब्जा गरेको छ । 

राजश्व करदाता कार्यालयका कर्मचारीसहित सशस्त्र प्रहरी बल गण नम्बर १० बाट खटिएको टोलीले भन्सार छलेर नेपाल ल्याइएको एक लाखभन्दा बढी मूल्य बराबरका सूर्तिजन्य पदार्थ बरामद गरेको बताइएको छ । 

सर्लाहीको हरिवन नगरपालिका–११ स्थित राजेश जनरल स्टोरका प्रोप्राईटर तेजनारायण साहको घरको गोदाममा लुकाएर राखेको अवस्थामा १ लाख ६७ हजार ९ सय रुपैयाँ बराबरको उक्त सूर्तिजन्य वस्तु नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । 

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको हेक्चा गण र राजश्व करदाता सेवा कार्यालयबाट खटिएको संयुक्त टोलीले ती सामान बरामद गरी आवश्यक कारबाहीको निम्ति सर्लाही भन्सार कार्यालय मलंगवा पठाएको छ ।

टिप्पणीहरू