धनुषामा घरभित्र लुकाइएको ४० बोतल लागुऔषध जफत

धनुषामा घरभित्र लुकाइएको ४० बोतल लागुऔषध जफत

धनुषामा प्रहरीले लागुऔषध बरामद गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केवर ले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको बताइएको छ । 

मिथिला नगरपालिका–६, ढल्केवरका ३७ वर्षीय रामहित साहलाई लागूऔषधसहित पक्राउ गरिएको छ । साहले घरभित्र एस्कीप्लोन एक सय एमएलको ४० बोतल घरभित्र लुकाएको अवस्थामा फेला परेको हो । 

उनीमाथि लागूऔषध मुद्दा चलाइएको छ । जिल्ला अदालतबाट म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू