जनकपुरका दुई जनप्रतिनिधि अख्तियारको नियन्त्रणमा

जनकपुरका दुई जनप्रतिनिधि अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिकाका दुई जना जनप्रतिनिधिलाई नियन्त्रणमा लिएको छ ।  

घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको आयोगको टोलीले वडा नम्बर ११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई समातेको हो । 

जग्गा दर्ता कायम गर्न सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्नका लागि सेवाग्राहीसंग घुस मागेको उजुरी आयोगमा परेको थियो । आयोगले त्यसका आधारमा अनुसन्धान अघि बढाएको थियो । 

सोही क्रममा ५० हजार घुस लिइसकेको अवस्थामा जनकपुर उपमहानगरपालिका-६ रामजानकी हस्पिटल नजिकबाट उनीहरुलाई रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताए । 

उनकाअनुसार यसविषयमा थप अनुसन्धान अघि बढाइएको छ ।

टिप्पणीहरू