दुर्घटना

भीरबाट लडेर गर्भवती आमा र काखे छोराको मृत्यु

धादिङमा भीरबाट लडेर आमाछोरा दुवैको निधन भएको छ । बेनीघाट रोराङ गाउँपालिका २ स्थित मासखर्कमा भीरबाट खसेर उनीहरुको मृत्यु भएको बताइएको छ । १९ वर्षीया अप्सरा चेपाङ र २ वर्षीय छोरा साजनको भीरबाट खसेर निधन भएको प्रहरीले जनाएको छ । घाँस काट्न गएको समयमा छोरो खसेपछि बचाउन जाँदा आमा पनि भीरबाट लडेकी हुन् । अप्सरा आठ महिनाको गर्भवतीसमेत भएको बुझिएको छ ।  

Page 63 of 114