आँगनको डिलबाट खसेका बालक अस्पतालमा बिते

आँगनको डिलबाट खसेका बालक अस्पतालमा बिते

दोलखामा आँगनको डिलबाट खसेका एक बालकको मृत्यु भएको छ । जिरी नगरपालिका ६ स्थित कोटका रामबहादुर खड्काका ६ वर्षीय छोरा कविर खड्काको आँगनको डिलबाट लडेर ज्यान गएको बताइएको छ ।

हिजो दिउँसो घरको आँगनमा खेल्ने क्रममा डिलबाट खसेपछि उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि जिरी अस्पताल लगिएकोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय जिरीले जनाएको छ ।

बालक आँगनको डिलबाट झण्डै २० मिटर तल खसेका थिए । उनको शव पोष्टमार्टमको लागि जिरी अस्पातालमा राखिएको छ ।

टिप्पणीहरू