मुगुमा ट्याक्टर दुर्घटना, दुईको निधन

मुगुमा ट्याक्टर दुर्घटना, दुईको निधन

मुगुमा हिजो राति भएको ट्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ । छायाँनाथ रारा नगरपालिका १४ स्थित बाममा भएको ट्याक्टर दुर्घटनामो हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाने क्रममा फलात नजिकै लु.४ प ७३६८ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मीटर तल खसेको छ ।
 
मृत्यु भएकामा ३० वर्षे चालक काशिलाल बढुवाल र सहचालक २० वर्षका शिव बढुवाल हुन् । राति भएको दुर्घटनाबारे बिहानै मात्र थाहा भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

टिप्पणीहरू