ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

सर्लाहीको बरहथवामा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकै परिवारका चार जना घाइते भएका छन् ।

हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्रयाक्टर बरहथवा नगरपालिका–१५ नहर नजिकै दुर्घटना भएको बताइएको छ । दुर्घटनामा १७ वर्षे राजकुमार सिंहको मृत्यु भएको हो ।

घाइते चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू