कठै बिचरा यी बालकको बिजोग !

कठै बिचरा यी बालकको बिजोग !
सुन्नुहोस्

कञ्चनपुरको बेदकोट नगरपालिका–७,महुलियाका भीमदत्त पाण्डेयले छोराको उपचारमा आर्थिक सहयोग जुटाइदिन हारगुहार गरेका छन् । राजधानीको कीर्तिपुर बर्न हस्पिटलमा ९ वर्षीय छोरा मनिश पाण्डेयको उपचारका लागि आर्थिक सहयोग गरिदिन उनले अपिल गरेका हुन् । 

वैशाख ६ गते घरमा खाना पकाउने क्रममा तातो दाल जीउभरि खस्दा मनिश गम्भीर घाइते भएका थिए । उनको कीर्तिपुर बर्न हस्पिटलमा उपचार भइरहेको छ । तर,आर्थिक अवस्था निकै कमजोर भएकाले उपचारमा समस्या भएको बुबा पाण्डेयले बताए । 

उनले भने, ‘हालसम्म ५० हजारभन्दा बढी खर्च भइसक्यो । अझै अपरेशन र औषधिको लागि लाखौं रुपैयाँ आवश्यक पर्छ भन्नुहुन्छ डक्टर साहेबहरु । अहिलेसम्म त जसोतसो पहिला खाईनखाई जम्मा गरेर राखेको पैसाले धानेको थियो । तर,अब के गर्ने ? कसरी उपचार गर्ने ? चिन्तित छु ।’

‘सहयोगका लागि वडासँग पनि अपिल गरेको छु । तर,अहिलेसम्म कहीं कतैबाट सहयोग आएको छैन,’ उनले थपे । औषधी उपचार निकै महंगो भएकाले अपरेशनका लागि कहाँबाट पैसा ल्याउने र कसरी औषधि खुवाउने ? भनेर आफू चिन्तित रहेको उनी सुनाउँछन् । 

बालकको उपचारमा सहयोग गर्न चाहनेले बिरामीका बुबाको खाता नम्बर ०२३०१०००००५९४०१० मा सहयोग गर्न सक्नेछन् । त्यस्तै, मोबाइल नम्बर ९८४८७२३८९७ मा सोझै सम्पर्क गरेर बालकको स्वास्थ्य अवस्थाबारे बुझ्न सकिने छ ।

टिप्पणीहरू