जेसीबीले फुटाएको ढुंगा लागेर बालिका ठहरै

जेसीबीले फुटाएको ढुंगा लागेर बालिका ठहरै

बागलुङको सडकमा हिँडिरहेकी बालिकाको माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको छ । उक्त दुर्घटना गलकोट नगरपालिका १, दुदिलाभाटीमा आज बिहान भएको बताइएको छ ।

स्थानीय सडकको माथिल्लो भागमा जेसीबीले ढुंगा फोरिरहेको अवस्थामा खसेको ढुंगा लागेर डिलबहादुर भण्डारीकी ७ वर्षीया छोरी आरोही भण्डारीको घटनास्थलमै निधन भएको हो । 

जेसीबीले फोरेको ढुंगा उछिट्टिएर झण्डै एक सय मिटर तलको सडकमा हिँडिरहेकी बालिकालाई लागेको प्रहरीले बताएको छ ।

बा. १ क ४९०९ नम्बरको जेसीबीका चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका सुजन माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।

टिप्पणीहरू